नेपाली दूतावासमा नेपाल-चीन सांस्कृतिक सहकारिता कार्यक्रम

来源:国际在线尼文网

作者:张晶 拉切米

2017-12-21

पैचिङ अवस्थित चीनका लागि नेपाली दूतावासले आज बिहिबार नेपाल-चीन सांस्कृतिक सहकारिता सम्बन्धमा एक कार्यक्रमको आयोजना गरेको छ।

86411326cca341d99151cdc4b21f9498.jpg

नेपाल चीन बीचको सांस्कृतिक सम्बन्ध विषयमा नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चीनका पूर्व राजदूत लीतप्याओ, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, पूर्व राजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, तथा चिनियाँ संस्कृति अनुवादन तथा अध्ययन सहयोग सञ्जालका प्रतिनिधिहरूले दुर्इ देशको सम्बन्ध तथा सांस्कृतिक सहकारिताले अझै नजिक ल्याउने विषयमा चर्चापरिचर्चा गरेका थिए। 

5dfd6a7f843e44729bdf5a883858c856.jpg

साथै उक्त कार्यक्रममा पूर्व राजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको 'हिमाल छिचोल्ने रेशममार्ग'तथा पत्रकार, कवि अजय अलौकिकको 'अलौकिक चीन'नामक पुस्तक पनि विमोचन गरिएको थियो। 

3a39331ecbdd4cbfb7fa7196ed749588.jpg

दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपाल तथा चीनका पुस्तक तथा फोटो प्रदर्शनीको आयोजना गरिएको थियो।

责任编辑:霍娟